पार्टीमा गुटबन्दी भएको भन्दै एमालेका जिल्ला सदस्य बोगटीले दिए राजिनामा

अत्तरिया – नेकपा एमालेका कैलाली जिल्ला सदस्य चक्र बहादुर बोगटीले पदबाट राजिनामा दिएका छन् । एमालेको गत फागुनमा सम्पन्न अधिवेशनबाट जिल्ला कमिटि सदस्य पदमा निर्वाचित भएका बोगटीले उक्त पदबाट राजिनामा दिएका हुन ।

maya metro hospital

पार्टीको जिल्ला कमिटिमा गुटबन्दी बढी हुँदा आफुले पदबाट राजिनामा दिएको उनले बताए । उनले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुको साटो गुटबन्दी गरेर आफ्ना खल्तीका व्यक्तिहरुलाई जिम्मेवारी दिईदा आफुले राजिनामा दिनुपरेको बताए । ‘योग्यता र क्षमताको कदर भएन, जिल्लाको अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको मान्छे र जिल्ला कमिटिको पुरानो सदस्य हुँदा पनि जिम्मेवारी दिईएन’ उनले भने ‘बरु हिजोअस्ती माओवादीबाट, समाजवादी बाट आएकाहरुले जिम्मेवारी पाए, जिन्दगीभर एमालेमै लागेकाहरुलाई साईड लगाईयो ।’

उनले जिल्ला कमिटिका अध्यक्षले अधिवेशनमा आफुलाई असहयोग गरेको भनेर जिम्मेवारी नदिएको आरोप लगाए । ‘जिल्लामा सचिवालय गठन हुन्छ, सचिवालयमा हिजोअस्ती बाहिरबाट आएकालाई राख्यो, हामी ४९ सालदेखी जिल्ला कमिटिमा भएका व्यक्तिलाई राखिएन’ उनले भने ‘अधिवेशनमा म फरक प्यानलबाट चुनाव लडेको हुनाले मलाई असहयोग गरेको भन्दै अध्यक्षले जिम्मेवारी दिनुभएन ।’

attariya hospital

नेकपा एमालेको जिल्ला कमिटि अध्यक्षमा यज्ञ ढुंगाना निर्वाचित भएका थिए । कैलालीकै चुरे गाउँपालिका अध्यक्ष समेत रहेका बोगटी डेजी पाण्डेयको प्यानलबाट चुनावमा होमिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.