सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई यस्तो निर्देशन दिएका हुन् ।

maya metro hospital

नेता रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले शनिबार अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीसँगको छलफलमा समेत ओलीले आफूहरूलाई तत्काल विश्वासको मत दिन सुझाव नदिएको उनले बताए । रावलले आज महासचिव शङ्कर पोखरेलसँग पनि कुरा गरिने बताउँदै आफूहरु आन्तरिक रूपमा पनि छलफलमै रहेको बताएका छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चितकालका लागि स्थगित भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.