‘मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरे’

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन हतार गरेको आरोप लगाएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्न नहुने पार्टीको धारणा रहेको बताएका हुन् ।

Karma Consultancy
belauri nagarpalika

मुख्यमन्त्री सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । त्यसका लागि सभामुख भीमबहादुर भण्डारीले बोलाएको शुक्रबार बिहान ८ बजेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित रह्यो । एमाले अनुपस्थित रहेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा प्रदेश सभाको बैठक समेत अनिश्चित भएको छ ।

citizen security services

बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारी शोकमा रहेकाले उनले स्वर्गीय बुवाको किरिया संस्कार सकेर धनगढी फर्किएपछि मात्र मुख्यमन्त्रीले विश्वासको मत लिन उपयुक्त हुने एमालेको अडान छ । एकीकृत समाजवादीले भने सत्तारूढ दलहरूकै सल्लाहअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको बताउँदै आएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.