उपनिर्वाचनबाट एमालेको लोकप्रियता प्रमाणित भयो : प्रदीप ज्ञवाली

बैतडी – नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनबाट नेकपा एमालेको लोकप्रियता प्रमाणित भएको बताएका छन् । पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी पुगेका ज्ञवालीले इलाममा विजय कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता प्रमाणित भएको बताएका हुन ।

maya metro hospital

उनले राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रहेछ भन्ने पनि प्रमाणित भएको बताए । उनले उपनिर्वाचनले नयाँ हौँ भन्नेहरू र राजा ल्याउँछौं भन्नेहरूको अवस्था पनि थाहा भएको बताए ।

कार्यकर्ताहरूमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे ।

attariya hospital

नेता ज्ञवालीसँगै पार्टीका स्कुल विभागका सचिव घनश्याम कोइराला, संगठन विभाग प्रमुख कासीनाथ अधिकारी, पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी पुगेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.