कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना, ९ सैनिकको मृत्यु

एजेन्सी- कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ । उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Karma Consultancy
belauri nagarpalika

हेलिकप्टर दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

citizen security services

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लानविरुद्ध कारबाही गरिरहेको बताए । गल्फ क्लानलाई कोलम्बियामा लागुऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.