खाेज्नुहाेस

भारतको छत्तीसगढमा गाडी दुर्घटना, १० जनाको मृत्यु

Image
navjiwan hospital

एजेन्सी- भारतको छत्तीसगढमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ । रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुको उपचार भइरहेको छ ।

attariya hospital