पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।


महाशाखाकाअनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो पहाडी भभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुट वर्षाको सम्भावना छ।
















