काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि उनी अपराह्न काठमाडौँ आइपुगेका हुन्।

कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ। मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो।


पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्त्वपूर्ण देश हो।
















