खाेज्नुहाेस

आज लोकतन्त्र दिवस मनाइँदै

Image
????????????????????????????????????

काठमाडौं– आज बैसाख ११ गते, लोकतन्त्र स्थापना भएको दिन । १९ दिनसम्म चलेकाे जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।

navjiwan hospital

नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको दाेस्रो जनआन्दोलन नेपालको राजनीति यात्रामा महत्वपूर्ण मानिन्छ।

godawari nagarpalika dadhelo
attariya hospital

तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएकाे यो आन्दाेलनकाे जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गरिएको थियो। तत्काल‍ीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए।