खाेज्नुहाेस

सुन चाँदीको मूल्य बढ्यो

Image
file photo

सोमबार नेपाली बजारमा सुच चाँदीको मुल्य बढेको छ । सुनको मूल्य सोमबार प्रतितोला सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले वृद्धि भई एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ ।

navjiwan hospital

शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ ।

attariya hospital

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ निर्धारण भएको छ ।