गोदावरी सहित ५ ठाउँबाट भन्सार छलिका सामान बरामद


अत्तरिया – कैलालीको गोदावरी सहित ५ ठाउँबाट प्रहरीले शुक्रबार भन्सार छलिका सामान बरामद गरेको छ । कैलालीमा धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा र भजनीको हलौनाघाट र गोदावरी नगरपालिका – ३ चौकिडाँडाबाट १ लाख ४३ हजार १४४ रुपैयाँका भन्सार छलिका सामान बरामद गरिएका छन ।

Karma Consultancy
belauri nagarpalika

जसमा चिनी, प्याज, चप्पल, डाल्डा, ट्याक्टरको टायर, ट्युब, अचार लगायतका सामानहरु रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

citizen security services

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १७ मझगाँउ र बेलौरी नगरपालिका – २ थापाचोकबाट पनि अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान प्रहरीले बरामद गरेको छ ।

attariya hospital

जसमा ४६ हजार ५४४ मुख्य बराबरको खाने तेल, मिठाई, बिडी, बेसन, फ्रिज, डिउ लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.