डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु

डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ ।

maya metro hospital

मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका नेपाली सेनाले जनाएको छ ।

रावलको उपचारको क्रममा सोमबार बेलुका नै जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको जलन अस्पतालमा मंगलबार मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भैरहेको छ ।

attariya hospital

सोमवार डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.