खाेज्नुहाेस

बझाङमा एमाले माओवादी आमनेसामने, भएन उम्मेदवारी फिर्ता

Image

बझाङ – बझाङ उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच चुनावी गठबन्धन नहुने देखिएको छ । निर्वाचन आयोगले तोकिको समयमा दुवै दलका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरेपछि अब दुवै दल छुट्टा छुटै चुनाव लड्ने भएका छन ।

माओवादी कैन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै फोन गरेर एमाले उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएपनि बझाङमा त्यसको अवज्ञा गरिएको छ । माओवादीका उम्मेदवार जनक बुढाले मंगलबार दिउँसो उम्मेदवारी फिर्ता लिने तयारी भएपनि अन्तिम समयमा रोकिएपछि दुवै दल बिच चुनावी प्रतिस्पर्धा हुने भएका हो ।

attariya hospital
navjiwan hospital

उनको उम्मेदवारी माओवादीका उपमहासचिव जनार्दन शर्माले रोकेको चर्चा चलेको छ । शर्मानिकट मानिएका बुढा सुदूरपश्चिम प्रदेश कमिटीको सचिव पनि हुन् ।

माओवादीका सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले हाललाई उम्मेदवारी दिने निर्णय भएको बताए । उनले अझै पनि केन्द्रमा नयाँ सहमति भए सोहीअनुसार अगाडि बढ्ने बताए । यद्दपी निर्वाचन आयोगले उम्मेदवारी फिर्ताला लागि दिएको समय भने दिउँसो १ बजे सकिएको छ ।

गठबन्धनका अन्य दलको उम्मेदवारी पनि कायमै

बझाङमा सत्ता गठबन्धन बाटै ४ जनाको उम्मेदवारी परेकोमा सबैको उम्मेदवारी कायमै रहेको छ । निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन तोकेको समयमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएका हुन ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन ।