काठमाडौँ- उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा ३ दिन विद्यालय बन्द हुने भएका छन् ।
निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदानस्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गर्दै १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।
निर्वाचन क्षेत्रमा मतदानको दिन पनि बिदा हुने भएकाले ३ दिन विद्यालय बन्द हुने भएका हुन् ।