खाेज्नुहाेस

बझाङ प्रदेशसभातर्फ कांग्रेसका अभिषेक सिंहले गराए उम्मेदवारी दर्ता

Image

बझाङ – बझाङ प्रदेश सभा १ (१)मा नेपाली कांग्रेसका अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि सिंहले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
अघिल्लोपटक बुवाले जितेको क्षेत्रमा कांग्रेसले छोरा अभिषेकलाई उम्मेदवार बनाएको हो ।

navjiwan hospital

प्रदेशसभा सदस्य एवं कानूनमन्त्री भएकै बेला अभिषेकका बुवा पृथ्वीबहादुर सिंहको दुर्घटनामा परी निधन भएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

उनी सँगै राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्ति मगर, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टीबाट रामबहादुर जग्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन ।