बझाङमा चार जनाले गरे उम्मेदवारी दर्ता

बझाङ – वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङको प्रदेशसभा १ मा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेकाअनुसार अहिलेसम्म विभिन्न चार पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

maya metro hospital

जसमा समाजवादीको तर्फबाट दिलबहादुर सिंह, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका कमल घर्ती मगर र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही छन् ।

अन्य दलहररु उम्मेदवारी दर्ता गर्न आउँदै गरेको लामिछानेले जानकारी दिए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.