बझाङमा एकल महिलालाई चुरापोते बनाउने तालिम

बझाङ- बझाङमा एकल महिलाहरुलाई चुरापोते बनाउने तालिम दिइएको छ । सामाजिक विकास कार्यालय बझाङले एकल महिलाहरुका लागि यही चैत्र १६ गतेदेखि २२ गतेसम्म चुरापोते बनाउने ७ दिने तालिम सञ्चालन गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

एकल महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी उनीहरुको जीविकोपार्जन र आयआर्जनमा मद्दत पुगोस् भन्ने उद्देश्य लिइएको सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशीले बताए । तालिममा सहभागी एकल महिलाहरूलाई अनुदान स्वरूप २० हजार रुपैयाँ प्रदान गरिने बताएइको छ ।

citizen security services

तालिमपश्चात् सहभागीहरूले खाली समयको सदुपयोग हुने, सानो लगानीमा ठुलो प्रतिफल पाइने र बजारको पनि समस्या नहुने भएकाले तालिम फलदायी रहेको बताए ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.