अत्तरिया – बझाङमा पुलबाट हाम फालेर एक युवती घाइते भएकी छिन । जयपृथ्वी नगरपालिका – ११ मा रहेको पानकोट पुलबाट हाम फालेर युवती घाइते भएकी हुन ।

युवतीको पहिचान खुल्न बाँकी रहेको र उनले पुलबाट हाम फालेकी हुन् वा के भएको हो भन्ने पनि नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

स्थानीयले नदीबाट युवतीको उद्दार गरेका थिए । उनको जयपृथ्वी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।















