गाजामा ३ सहायताकर्मीसहित चार जनाको मृत्यु

एजेन्सी- मध्य गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गएको छ । दुई जना बेलायती र एक जना अस्ट्रेलियाली सहायताकर्मी तथा एक सुरक्षाकर्मीको ज्यान गएको हो ।

maya metro hospital

हमास लडाकु समूहले मध्य गाजामा इजरायली हवाई आक्रमणबाट उनीहरूको ज्यान गएको बताएको बीबीसीले उल्लेख गरेको छ । मध्य गाजा पट्टीको देइर अल–बालाह शहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशीको ज्यान गएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयको भनाइ छ । तर इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.