बझाङमा सोमवार आगलागी भएका ३ परिवारलाई राहत वितरण

बझाङ- बझाङमा हिजो आगलागी भएका ३ परिवारलाई राहत वितरण गरिएको छ । मष्टा गाउँपालिका-६ का तीन परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

तत्कालका लागि राहत स्वरुप चामल, पाल, ब्लांकेट लगायतका सामग्री सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद सुवेदीले बताए ।

citizen security services

सोमवार विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको घरमा आगलागी भएको थियो । सङ्गै जोडिएका ती घरमा आलागी हुँदा घरभित्रका सुनका गहना, नगद पैसा, अन्नपात जलेर नष्ट भएका बताइएको छ ।

attariya hospital

आगो लाग्नुको कारण थाहा नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.