
बझाङ- बझाङका तीन घरमा आगलागी भएको छ । मष्टा गाउँपालिका-६ रिलुका जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा सोमवार दिउँसो आगलागी भएको हो ।
सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा अचानक आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।
















