बझाङमा परीक्षार्थीलाई चिट चोराएको भन्दै निरीक्षक निष्कासित

बझाङ- बझाङमा एसईई परीक्षामा खटिएका एक निरीक्षकलाई निष्कासन गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका३ मा रहेको बान्निचौर मावि परीक्षा केन्द्रबाट मर्यादा विपरीत कार्य गरेको भन्दै केन्द्राअध्यक्षले एसईई परीक्षामा खटिएका निरीक्षक शितल पुजारालाई निस्कासन गरेका हुन् ।

maya metro hospital

आज गणित विषयको परीक्षा सुरु भएको २२ मिनेटमै उनले सत्यवादी माविकी छात्रा हिमा ऐडीलाई चिट चोराई अमर्यादित कार्य गरेकोले छात्रा र निरीक्षक दुबै जनालाई निष्कासन गरिएको केन्द्राध्यक्ष नवराज भटले बताए । निरीक्षक पुजाराको सट्टा आज जितेन्द्र पुजारालाई नियुक्ति गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.