खाेज्नुहाेस

अत्तरियामा शिखर काफली जात्रा सौन्दर्य भजन संगीतको छायांकन

Image

अत्तरिया – कैलालीको अत्तरियामा शिखर काफली समाजको समन्वय एंव सहकार्यमा शिखर काफली जात्रा सौर्न्दर्य सम्बन्धी तयार पारिएको भजन संगीत गीतको छायांकन गरिएको छ । डोटीको शिखर काफली गर्खा क्षेत्र भित्रको एक आराध्य शक्तिपिठ, कला, भाषा,भेषभूषा, देबी देबताको पूजन, छुट्टै सामाजिक सास्कृतिक पहिचान सहितको धमारी,फाग,देउडाको संरक्षण एंव सम्बद्धर्न गर्ने उद्घेश्यले शिखर काफली भजनको छायांकन गरिएको समाजका अध्यक्ष बिष्णु महराले जानकारी दिए ।

navjiwan hospital

उक्त भजन संगितमा गायक पदम बोहराको आफनै शब्द ,रचना एंव स्वर छ भने गायिकाहरुमा धनसरा धामी,चन्द्रा महता र पदमा रानामगर रहेकी छन ।

attariya hospital

सास्कृतिक पहिचान कार्यक्रममा पूर्ब सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका, अत्तरिया सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, समाजसेवी एबम अग्रज डेउडे सालकोटी दाजु, समाजसेवी राम महरा, ठगी महरा, शिक्षा प्रेमी दिनेशराज जोशी, दिपकराज भण्डारी, जयराज ओझा, पदम जोरा , हरिलाल ओझा, भिम अधिकारि, देवराज जोशी, समाजसेवी बिष्णु जोशी, छत्र महरा, पदम महरा, चन्द्र महरा, छत्र भुत्याल,राजेन्द्र रैका र अन्य शिखर काफली समाजमा आबद्घ सम्पुर्ण सदस्यहरुको बढ्दो सहभागीता रहेको थियोे ।