कर्णालीमा बेपत्ता युवा खोज्न सशस्त्रको गोताखोर टोली परिचालन (अपडेट)

धनगढी – कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।

maya metro hospital

सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए ।

citizen security services

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको बताएका छन् । उनका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । पछि उनीहरु नदीमा हाम फालेका थिए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.