ग्याँस पड्किदा बझाङका ४ जना घाइते

बझाङ – भारतको बेङ्गलोरमा ग्याँस पड्किदा बझाङका ४ जना घाइते भएका छन । घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन् ।

maya metro hospital

राति सुत्ने समयमा ग्याँस बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्याँस जलाउदा उक्त घटना घटेको स्थानीय दिपेश दमाइले बताए ।

घाइतेहरूको बेङ्गलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.