बझाङ – बझाङमा स्थानीयले ढुङ्गा प्रहार गर्दा एक प्रहरी घाइते छन्। केदारस्युँ गाउँपालिका–९ झोता बजारमा दुई युवकले प्रहरीमाथि ढुङ्गा प्रहार गरेर घाइते बनाएका हुन् ।

आइतवार दुर्गाथली गाउँपालिका–२ का ३२ वर्षीय विनोद रावल र जयपृथ्बी नगरपालिका–७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा उल्टै ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार योगेन्द्र खड्का घाइते भएका छन ।

ढुङ्गा प्रहार गर्ने रावल र महरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
















