बझाङमा अपाङ्गता भएकाहरुलाई च्याउखेती तालिम

बझाङ- बझाङमा अपाङ्गता भएका व्यक्तिहरुलाई च्याउखेती सम्बन्धी तालिम दिन लागिएको छ । सामाजिक विकास कार्यालय बझाङले हिजोबाट १२ ओटै स्थानीय तहका ३८ जना अपाङ्गता भएका महिला पुरुषलाई च्याउखेती सम्बन्धी तालिम दिन लागेको हो ।

maya metro hospital

कार्यालय प्रमुख प्रयागराज जोशीले नियमित कार्यक्रम अन्तर्गत ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम प्रदान गर्न थालिएको बताए । उनले तालिमपश्चात व्यवसाय गरे/नगरेको अनुगमन गरिने र व्यवसाय गर्नेहरुलाई स्थानीय तहसँग समन्वय गरी बजारको व्यवस्था गरिने बताए ।

थोरै परीश्रममा च्याउखेती गर्न सकिने भएकाले अपाङ्गता भएकाहरुलाई तालिमले आत्मनिर्भर बनाउने विश्वास लिइएको छ । तालिम अवधिभर प्रशिक्षकहरुले च्याउखेतीको तरिका, रोग किरा लगायत बारे प्रशिक्षण गर्ने बताइएको छ । तालिमपश्चात सहभागीहरुलाई बिउपुँजी बाफत २० हजार रुपैयाँ अनुदान दिइने जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.