बझाङकी रितालाई थाहा छैन माइती ठाउँ, नागरिकता कसरी पाउँ

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-९ की रिता स्नेहीले ४२ वर्षको उमेर हुँदा पनि नागरिकता पाउन सकेकी छैनन् । नागरिकताका लागि माइतीघरको ठेगानासहित जन्मदर्ता ल्याउन भनिएपछि उनी समस्यामा परेकी हुन् ।

maya metro hospital

आफ्नो माइतीघरको ठाउँ ठेगाना थाहा नहुँदा उनलाई अहिले नागरिकता पाउन गाह्रो भएको छ । उनलाई २०५३/०५४ सालतिर पाल्पाको तानसेन बजारमा फुपूसँग बसेको झिनो सम्झना मात्रै छ ।

सानैमा त्यहाँका मान्छेहरुसँग सडक कामदारका रुपमा बझाङ आएको बताउने उनले त्यसपछि माइतीको खोजी नगरेको बताइन् । बझाङ आएपछि उनले यतै बिहे गरेकी थिइन् । उनले आफ्नो माइती ठाउँबारे कुनै पनि सम्झना नभएको बताइन् ।

attariya hospital

रिताका अहिले १५ र १० वर्षका दुई छोरी छन् । वडा कार्यालयले जन्मदर्ता नभएर नागरिकता सिफारिस गर्न नमानेपछि उनका श्रीमान माइती पत्ता लगाउन पाल्पा गएका भएपनि कुनै जानकारी पाउन नसकिएको रिताले बताइन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.