खाेज्नुहाेस

बझाङको एक पसलमा आगजनी, एक पेटी चाउचाउ बिस्कुट चोरी

Image
file photo

अत्तरिया- बझाङको एक पसलमा आगजनी र चोरी भएको छ । बुधवार खप्तडछान्ना गाउँपालिका-४ का ४३ वर्षीय हिक्मत कुमार रोकायाको ३ कोठे पसलमा आगजनी र चोरी भएको हो ।

navjiwan hospital

अपरिचित व्यक्तिहरुले पसलमा आगजनी गरी एक पेटी चाउचाउ र बिस्कुट चोरी लगेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

attariya hospital

आगजनीबाट पसलमा रहेका प्लाष्टिको गेलेन ३वटा, जग ५ वटा, २ वटा प्रेसरकुकर र दुई कोठामा क्षति भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी चौधरीले बताए ।