काठमाडौँ- सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीबाट गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे ५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा बरामद गरिएको जनाएको छ । गाँजा तस्करीमा संलग्नहरू भने भागेको बताइएको छ ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्रले जनाएको छ ।