बझाङमा अलकत्रा हाल्ने मेसिनमा आगलागी, अपरेटर गम्भीर घाइते

अत्तरिया- बझाङमा अलकत्रा हाल्ने मेसिनमा आगलागी भएको छ । केदास्यु गाउँपालिका-५ अख्तरबगरस्थित बागथला बिजगाडा सडक पिच गर्ने क्रममा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी भएको हो ।

maya metro hospital

आगलागीमा परी मेसिन अपरेटर बित्थडचिर गाउँपालिका-२ बस्ने २८ वर्षीय डम्बर बोहरा गम्भीर घाइते भएका प्रहरीले बताएको छ । बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । आगलागीबाट मेसिन जलेर क्षति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.