खाेज्नुहाेस

बझाङ उपनिर्वाचनका लागि कांग्रेसबाट १० जनाको नाम सिफारिस

Image

धनगढी–  नेपाली कांग्रेस बझाङले प्रदेशसभा (क) मा हुने उपनिर्वाचनका लागि १० जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

navjiwan hospital

जिल्ला कार्य समितिले प्रदेशसभा सदस्य उपनिर्वाचनका गाडी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहसहितका १० आकांक्षीको नाम प्रदेश समितिलाई सिफारिस गरेको हो ।

attariya hospital

सिफारिसमा पर्नेमा सत्यराज भण्डारी, बिष्णु कुमार सिहं, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ र धु्रवराज उपाध्याय, नारायण हमाल रहेका छन् ।

बझाङमा भएको सवारी दुर्घटनामा मन्त्री सिंहको निधन भएपछि निर्वाचन आयोगले अगामी बैशाख १५ गते प्रदेशसभा(क) मा उपनिर्वाचनको मिति तोकेको छ । त्यसका लागि अगामी २४ चैतमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।