रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए।

मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।


घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तिवाङ पठाइएको छ। दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।
मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि पश्चिम रूकुम, रूकुम, दाङको चौरजहारीदेखि पोखरा हुँदै काठमाडौं सार्वजनिक बस सञ्चालनमा छ ।



















