बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

बझाङ – बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन । जिल्लाको तलकोट गाउँपालिका – १ को सुनिगाड पुल नजिकै ट्याक्टर दुर्घटना हुँदा चालक बैतडीको पुर्चौंडी नगरपालिका–४ का ३५ वर्षीय सागर बोहरा घाइते भएका हुन । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

maya metro hospital

शनिवार दिउँसो तलकोटबाट सदरमुकाम चैनपुर जानेक्रममा सुनिगाड पुल नजिकै से २ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.