खाेज्नुहाेस

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

Image
navjiwan hospital

सहकारी ठगी र सुन तस्करी प्रकरणमा तानिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनी शुक्रबार बेलुका धापासीबाट पक्राउ परेका हुन् । गत २ साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएपछि उनी प्रहरीको निगरानीमा थिए । तर, सीआईबीले उनीविरुद्ध गम्भीरतापूर्वक अनुसन्धान नगरी उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सिआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । दिपेशले सहकारी ठगीमा पनि उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि उनी तानिएका छन् ।

godawari nagarpalika dadhelo
attariya hospital