खाेज्नुहाेस

बझाङ–१ को उपनिर्वाचनका लागि एमालेबाट तीन जनाको नाम सिफारिस

Image

नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो। यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा सिफारिस भएका छैनन्।

navjiwan hospital

दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको बझाङ जिल्ला कमिटीले जानकारी दिएको छ।

godawari nagarpalika dadhelo
attariya hospital

उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले जितेका थिए। उनी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्री थिए। सवारी दुर्घटनामा उनको निधन भएपछि रिक्त रहेको स्थानमा चुनाव हुन लागेको हो।

आगामी वैशाख १५ गते उपचुनाव हुँदैछ भने चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।