मैलौलीका प्राध्यापक धामीको गजल सङ्ग्रह विमोचन 

maya metro hospital
बैतडी – बैतडीको मेलौली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक भीमसिंह धामीको गजल सङ्ग्रह ‘अनमोल’ विमोचन गरिएको छ । सिगास गाउँपालिका निवासी प्राध्यापन धामीको पहिलो पहिलो गजल सङ्ग्रह ‘अनमोल’ विमोचन गरिएको हो । यस सङ्ग्रह भित्र ५३ वटा गजलहरू सङ्गृहीत छन् ।  गजल सङ्ग्रहमा जीवन, सङ्घर्ष, समाज, न्याय , समानता, मानव मर्यादा र माया प्रेमको भाव बोकेका रचनाहरू सङ्गृहीत गरिएको धामीले बताएका छन् ।
attariya hospital
गजल सङ्ग्रहको बुधवार साहित्यकार कर्ण दयालको प्रमुख अतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच विमोचन गरिएको थियो । क्याम्पस प्रमुख भगीरथ सिंह नेगीका अध्यक्षतामा भएको कार्यक्रममा  प्राध्यापक भवानी सिंह नायकले कृतिको समीक्षा गरेका थिए भने प्राध्यापक गगनराज पाण्डे, दशरथ नायकले मन्तव्य राखेका थिए । कार्यक्रमको  सञ्चालन स्ववियू सभापति नवराज भट्टले गरेका थिए ।
सोही कार्यक्रमको अवसर पारेर यस सत्रमा क्याम्पस भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.