रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौँ — रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।

citizen security services

सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ ।

 

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.