खाेज्नुहाेस

सभा हल र शौचालय निर्माणमा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

Image

काठमाडौँ- दोलखाको तामाकोशी गाउँपालिकामा सभा हल र शौचालय निर्माणमा १२ लाख ८९ हजार तीन सय २० रुपैयाँ अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

navjiwan hospital

आयोगले लामो अनुसन्धानपछि मिश्र, गाउँपालिकाको तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाईँ, तत्कालीन सबइन्जिनियर सृजना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष महेश्वर काफ्ले, ४ नम्बर वडाका अध्यक्ष होम बहादुर श्रेष्ठ र गाउँपालिकाको ३ नम्बर वडाका वर्तमान वडाध्यक्ष राम प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

गाउँपालिकाको ३ नम्बर वडास्थित जफे जामुनेमा सभा हल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामाग्रीमा वडाध्यक्षले बेचेर आफै खर्च गरेको आरोप अभियोग छ ।

उनीहरूले सरकारलाई गैरकानूनी हानि पुर्याउने बदनियतले उक्त योजनाको लागत अनुमान अनुसार जम्मा १२ वटा पिलर रहेकोमा २ वटा पिलरको साइज फरक पारेका थिए । उपभोक्ता समितिलाई भुक्तानी दिँदा समेत फिल्डमा काम गरेको भन्दा गलत प्रतिवेदन दिएको पाइएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूलाई कारबाहीको मागदावी लिइएको छ ।