खाेज्नुहाेस

बझाङको मष्टामा कुखुरापालन तालिम

Image

बझाङ- बझाङको मष्टा गाउँपालिकामा एकल महिला तथा सिमान्तकृत परिवारलाई कुखुरापालन तालिम दिइएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा एकल महिला दलित तथा सिमान्तकृत परिवारका लागि ग्रामीण कुखुरापालन सम्बन्धी एक दिने स्थलगत तालिम दिइएको हो ।

navjiwan hospital

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आयोजना र पालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको बताइएको छ । कार्यालयको वार्षिक स्विकृत एकल महिला, दलित तथा सिमान्तकृत वर्ग लक्षित ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको कृषि शाखा प्रमुख शंकर आग्रीले बताए ।

attariya hospital

कुखुरापालन व्यवसाय गरी आत्मनिर्भर बनाउन वडा नम्बर ३ का १ सय दलित परिवारलाई तालिम दिइएको बताइएको छ । तालिम प्रदान गरिएका परिवारलाई प्रतिपरिवार १० चल्ला वितरण पनि गरिने बताइएको छ ।

पौष्टिक तत्व पाइने अण्डा तथा मासुले गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरूलाई स्वस्थ बनाउन सहयोग पुग्ने समेत अपेक्षा लिइएको छ ।