जसले एमाले कांग्रेसको गठबन्धनलाई मात दिए

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनलाई बडो रोचक रुपमा हेरिएको थियो । एकातिर दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको टिम र एकातिर स्वतन्त्र युवाहरु टिम मैदानमा उत्रिएकाले पनि त्यो निर्वाचन एकदमै चाखलाग्दो बनेको थियो । उक्त स्थानमा स्वतन्त्रबाट दिर्घ साउँद र एमाले कांग्रेसको गठबन्धनबाट चन्द्र बहादुर शाही प्यानल सहित चुनावी मैदानमा होमिएका थिए । स्वतन्त्र उम्मेदवार साउँदको राम्रो पकड भएको सो क्षेत्रमा एमाले कांग्रसको गठबन्धन भएकाले स्वतन्त्र उम्मेदवारलाई जित्न सकस पर्न सक्ने आंकलन थियो । तर, आफ्नो पकडलाई अझै मजबुत बनाउदै साउँदले चुनाव जिते ।

maya metro hospital

शनिबार भएको निर्वाचनको मतपरिणाम अनुसार कुल ८१७ मत खसेकोमा साउँदले ४१६ मत ल्याएर विजयी भए भने प्रतिद्धन्द्धी शाहीले ३४८ मत प्राप्त गरे । साउँदले उक्त क्षेत्रमा आफ्नो पकड भएको सावित गरे । उनलाई सो क्षेत्रका सम्पुर्ण युवावर्गहरुले साथ दिए । उनको प्यानलबाट पनि बढी जसो युवाहरु नै उम्मेदवार बनेका थिए ।

त्यसमध्ये केही बाहेक बाँकी पदहरुमा साउँद प्यानलको बर्चश्व रह्यो । निर्वाचन अघि नै निर्विरोध भैसकेकी उपाध्यक्षकी उम्मेदवार बिना गोतामे पनि साउँद प्यानलबाटै उम्मेदवार बनेकी थिईन । साउँद प्यानलबाट सचिवमा खेमराज ओझा (बतास), र सदस्यहरुमा शेखर पनेरु, घनश्याम जोशी तथा सुशिल राज उपाध्याय विजयी भएका छन । शाही प्यानलबाट कोषाध्यक्षमा खगेन्द्र राज पनेरु तथा सदस्यहरुमा मेखराज फुलारा र नन्दा देवी साउँद विजयी भए ।

attariya hospital

निर्वाचनमा स्वतन्त्र समुह सँग दुई ठूला पार्टीको प्रतिष्पर्धा चलेकाले नै नगरभरी सो विषयले चर्चा पाएको थियो । दुई ठूला राजनीतिक दलका उम्मेदवार सँगको प्रतिष्पर्धा भएपनि स्वतन्त्र युवाहरुको समुहले निर्वाचन आफ्ना पक्षमा पार्न सफल भएका छन । जसका कारण वडाभरी नै परिवर्तनका लागि युवाहरु एक हुनुपर्ने माहोल बनेको छ । स्थानीय बालकृष्ण ओझाले विगत देखि नै पार्टिगत उम्मेदवारहरुको गतिविधिहरु बुझेर नै यसपटक स्वतन्त्रलाई पालो दिईएको बताए । उनले राजनीतिक दलप्रतिको नागरिकको वितृष्णा श्रीपुर खानेपानीको निर्वाचनमा पनि देखिएको बताए । उनले निर्वाचनमा दुई ठूला दलहरु एकतिर लागेपनि खानेपानीका सदस्यहरुले स्वतन्त्र युवाहरुको समुहलाई रोजेको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.