नेपाल पुस्तक व्यवसायी महासंघमा सुदूरपश्चिमबाट ४ जनाको मनोनय दर्ता

काठमाडौं – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ७ औं महाधिवेशनमा सुदूरपश्चिमकाबाट केन्द्रीय सचीवका लागि सम्भु लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सकृय लामिछानेले केही समय अगाडि मात्र सचीवमा मनोनयन दर्ता गराएका हुन ।

maya metro hospital

लामिछानेको प्रस्तावकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष श्याम पाठक र समर्थकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भिम पडाल रहेका छन ।

त्यस्तै केन्द्रीय सदस्य स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र केन्द्रीय सदस्यमै पुस्तक तर्फ शकर दत्त भट्टले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । भुगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शंकर बहादुर कठायतले मनोनयन दर्ता गराएका हुन । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबारबाट शुरु भएको सातौं महाधिवेशन शनिवार समापन हुनेछ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि ५२ जनाको केन्द्रिय कमिटी २ वर्षका लागि चुनिनेछ ।

attariya hospital

अहिलेसम्म केन्द्रीय अध्यक्षमा त्रीपक्षिय भिडन्त देखिएको छ । अध्यक्षमा ऋषिराम शर्मा, दिवाकर घिमिरे र शिवसागर शर्माले मनोनयन दर्ता गराएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.