बझाङमा उपनिर्वाचनको सरगर्मी बढ्यो

धनगढी – निर्वाचन आयोगले उपनिर्वाचनको घोषणा गरेसंगै बझाङ –१ मा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आयोगले वैशाख १५ गते बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गराउने घोषणा गरेको छ । तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएपछि हाल सो क्षेत्र रिक्त रहेको छ ।

maya metro hospital

सो निर्वाचन क्षेत्रमा कांग्रेसका पृथ्वी सिंह निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भने यस निर्वाचन क्षेत्रबाट एमालेका अर्जुन बहादुर थापा निर्वाचित भएका थिए ।

citizen security services

उपनिर्वाचनको घोषणा संगै एमाले जिल्ला अधिवेशन थाती राखेर चुनावी तयारीमा होमिएको छ । नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले उपनिर्वाचनको लागि एमालेले आन्तरिक गृहकार्य सुरु गरिसकेको बताएका छन । एमालेबाट यसअघिको निर्वाचनमा पराजित अफिलाल ओखेडा, एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीको नाम उम्मेदवारका रुपमा चर्चामा छ ।

attariya hospital

कांग्रेसबाट भने निधन भएका पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह र कांग्रेसको महासमिति सदस्य जगत प्रसाद जोशीको नाम चर्चामा छ ।

सत्तारुढ घटक माओवादी केन्द्रले भने गठबन्धन गरेर चुनावमा जाने वा एकल रुपमा जाने बारेमै निर्णय गर्न बाँकी रहेको छ । माओवादीले २०७४ मा उक्त निर्वाचन क्षेत्रमा एमालेसँगको गठबन्धन गरेको थियो भने २०७९ को निर्वाचनमा कांग्रेस संग चुनावी गठबन्धन गरेको थियो ।

माओवादीको जस्तै एकीकृत समाजवादी पनि गठबन्धन गर्ने वा एकल चुनाव लड्ने भन्ने निर्णयमा पुग्न बाकी छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.