बझाङमा हत्या आरोपमा बाबु–छोरा पक्राउ

बझाङ – बझाङमा ४० वर्षीय रामप्रसाद जोशीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडास्थित किमतोलीका ४८ वर्षीय जयबहादुर हमाल छन् । उनलाई सोमवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

maya metro hospital

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको प्रहरीमा उजुरी परेको थियो ।

citizen security services

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरीले हमालका छोरालाई पनि नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.