अत्तरिया – बझाङमा बैशाख १५ गते प्रदेशसभाको उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै रिक्त रहेको बझाङ – १ को प्रदेश सभा निर्वाचन बैशाख १५ मा गर्ने जनाएको छ ।
आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पनि सोही मितिमा निर्वाचन गर्ने निर्णय भएको विज्ञप्ती मार्फत जनाएको छ ।

निर्वाचनको घोषणा भएकाले सो क्षेत्रमा भइरहेको मतदाता नामावली दार्त तथा अध्यावधिक कार्य भने स्थगत गरिएको आयोगका प्रवक्ता डा। थानेश्वर भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बझाङ–१ मा प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन निधन भएको थियो ।
