कमला नदीमा बन्यो दोधरा चाँदनी भन्दा लामो झोलुंगे पुल

अत्तरिया – सिरहा र धनुषा जोड्ने कमला नदीमा दोधरा चाँदनी भन्दा लामो झोलुंगे पुल निर्माण गरिएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी १ हजार ५ सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको नेपालकै सबैभन्दा लामो पुल निर्माण गरिएको हो ।

maya metro hospital

पुल निर्माण भएसंगै यसअघि नेपालकै लामो झुलुंगे पुलको रेकर्ड बनाएको दोधरा चाँदनी अब दोस्रो लामो पुल बनेको छ । महाकाली नदी माथी बनेको दोधरा चाँदनी पुलको लम्बाई १ हजार ४५३ मिटर रहेको छ । यो पुल २०६१ सालमा निर्माण गरिएको थियो । यसको चौडाइ भने १.६ मिटर रहेको छ ।

citizen security services

कमला नदीमा बनेको झोलुङ्गे पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन । संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले पुल निर्माण गरेको हो ।
२०७९ असोज १ गतेदेखि निर्माण सुरु गरिएको यो पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.