सुदूरपश्चिम स्तरीय ललितकला प्रतियोगिता हुने

धनगढी – कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय ललितकला प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ । यस प्रदेशमा रहेको ललितकलालाई उजागर गर्ने उद्देश्यले नेपाल ललितकला प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पहिलो पटक यहाँ प्रादेशिक ललितकला प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

maya metro hospital

प्रदर्शनी फागुन २० देखि २४ गतेसम्म हुने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिए ।

citizen security services

हस्तकला, चित्रकला, मूर्तिकला र लोककला प्रदर्शनी तथा प्रतियोगितामा समावेश गरिने छ । प्रदर्शनी तथा प्रतियोगितामा सहभागिताका लागि आह्वान गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.