कृषि विकास बैंकले माग्यो कर्मचारी By अत्तरिया अनलाइन On फाल्गुन ११, २०८० काठमाडौँ- कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो । स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ ।