बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, चालक फरार

बैतडी- बैतडीमा मलामी बोकको जिप दुर्घटना भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-१ स्थित घारडा भन्ने ठाउँमा सुपप्र ०१०००१ च ३१४६ नम्बरको जिप दुर्घटना भएको हो ।

maya metro hospital

दुर्घटनामा डिलाशैनी-१ धावला बस्ने ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । जिपमा सवार १३ जना मलामीमध्ये ५ जना घाइते भएका बताइएको छ ।

डिलाशैनी-१ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएका र उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रवक्ता जोशीले बताए ।

attariya hospital

कच्ची सडकमा चल्दै गरेको जिप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ । जिप चालक डिलाशैनी-६ बागगोठका धनबहादुर कठायत फरार रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.