खाेज्नुहाेस

तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Image

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना वन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले अनुमती लिएभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादव र तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले कपिलवस्तुको गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समितिको आठ सय एक वटा रुख काट्दा ३५ हजार सात सय ७८ दशमलव १० क्युफिट काठ र ४९ दशमलव २३ चट्टा दाउरा सङ्कलन हुनुपर्नेमा त्योभन्दा कम देखाएर भ्रष्टाचार गरेको भन्दै १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

अख्तियारले प्रदेश सांसद यादवसहित तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसादविरुद्ध मुद्दा दर्ता गरेको छ ।

यस्तै सहायक वन अधिकृत टोलकराज चापागाईँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी, वन रक्षक सन्जय थारु, वन रक्षक सन्जय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेस्टर रमतु चौधरी र वन रक्षक वासुदेव गोडियाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरु सबैलाई प्रतिव्यक्ति २९ लाख १२ हजार रुपैयाँभन्दा धेरैका दरले बिगो माग गरिएको छ ।

यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरेसँग नौ लाख ३९ हजार र ए आर काठ दाउरा खरिद बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीविरुद्ध १९ लाख ७३ हजार रुपैयाँभन्दा धेरै बिगो माग गर्दै मुद्दा दायर भएको छ ।